नयाँ बसपार्कमा यात्रुलाई दुःख–हैरानी दिने २३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले विशेष अनुगमन गरेको छ।

अनुगमनका क्रममा यस्ता गतिविधिमा संलग्न २३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउका क्रममा उनीहरूले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको हो।

प्रहरीका अनुसार नयाँ बसपार्क क्षेत्रमा यात्रुको सुरक्षामा असर पुग्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइनेछ। साथै, यात्रुलाई ठगी, जबर्जस्ती वा कुनै पनि प्रकारको दुःख–हैरानी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
Shares