गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।

गणेश नेपालीको मृत्युको जिम्मेवार सरकार रहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले घटनामा संलग्न व्यक्ति तथा निकायमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले “बालेन, तिम्रो झिकै–झिकै माया गणेशको आत्मदाह थियो”, “राज्य आतङ्क मुर्दावाद”, “बालेन, के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो?”, “हत्यारा सरकार मुर्दावाद” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

घटनापछि सामाजिक सञ्जालदेखि सडकसम्म न्यायको माग उठिरहेको छ भने प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१३ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
229 Shares