

नदी–खोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्ने र भारी वर्षाको सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सोमबार बिहान ४:४० बजे कैलालीस्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। उक्त क्षेत्रमा जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका बस्ती तथा डुबानको जोखिम रहेका होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।
यसैबीच सुनसरीको ताराहारा वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। सो क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेकाले स्थानीय खोला तथा खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ। विभागले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यता, पर्वत र कास्की क्षेत्रमा प्रभावित मोदी खोलाको बाढी भने हाल घट्दो क्रममा रहेको छ। तर रातिको समयमा ती जिल्लामा थप वर्षा हुने सम्भावना कायमै रहेकाले खोला आसपासका बस्तीमा जोखिम अझै कायम रहेको विभागले जनाएको छ।
विभागले सम्भावित बाढी, डुबान तथा पहिरोको जोखिमबाट बच्न नदी किनार र कमजोर भू–भागमा रहेका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१५ घण्टा अगाडि
1.7kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





