महाकाली नदीमा डुबेर कञ्चनपुरमा २२ वर्षीय युवकको मृत्यु

धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार सोमबार दिउँसो नदीमा नुहाउने क्रममा ठगुन्ना बेपत्ता भएका थिए। उनको स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा खोजी गर्ने क्रममा डुबेकै स्थान नजिकै मृत अवस्थामा फेला पारेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक ठगुन्नाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
380 Shares