सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजका २० ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न थालेको छ। बहाव बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोसी ब्यारेजका ढोका खोलिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती र रातो झण्डा समेत फहराइएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार हाल कोसी ब्यारेजमा प्रतिक्षण एक लाख ७२ हजार ४३२ क्युसेक पानीको बहाव मापन गरिएको छ। पानीको सतह निरन्तर बढ्दै गएपछि सुरक्षा सतर्कता अपनाउँदै ब्यारेजका ५२ वटा मुख्य ढोका र दुई वटा नहरका गरी कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको हो।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले उच्च सतर्कताको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बालिएको छ भने रातो झण्डा पनि फहराइएको छ।

प्रशासनले कोसी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान, सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले आगामी केही समय पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
240 Shares