आज कार्तिक १० गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

मेष

सकारात्मक ऊर्जाले भरिपूर्ण रहने दिन छ। कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने सफलता मिल्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रङ बैजनी हो भने शुभ अंक ६ रहेको छ।

वृष

मेहनतअनुसार सकारात्मक परिणाम प्राप्त हुनेछ। विवादास्पद मामिलाबाट टाढा रहनुहोला। सानातिना कुरालाई बेवास्ता गर्दै अगाडि बढ्दा लक्ष्य प्राप्त गर्न सहज हुनेछ। आजको शुभ रङ हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। नोकरी वा पेसामा उच्च अधिकारीको साथ मिल्नेछ। सन्तानको करियरका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने सम्भावना छ। आजको शुभ रङ पहेँलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट

आफ्नो योग्यता र क्षमताको मूल्याङ्कन गर्दै आत्मविश्वासका साथ निर्णय लिनुहोला, सफलता मिल्ने सम्भावना छ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन अनुकूल समय छ। विद्यार्थीको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रङ सिन्दूरी हो भने शुभ अंक २ रहेको छ।

सिंह

व्यापार–व्यवसायमा बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोला। युवाहरूले करियर निर्माणका लागि नयाँ अवसर प्राप्त गर्न सक्छन्। आफन्तबाट अपेक्षाअनुसार सहयोग नपाइन सक्छ। आजको शुभ रङ खैरो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेसामा उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रङ सेतो हो भने शुभ अंक ६ रहेको छ।

तुला

पारिवारिक योजनाबाट लाभ मिल्ने सम्भावना छ। राजकीय मामिलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा देखिएको मनमुटाव अन्त्य भई आत्मीयता बढ्नेछ। यात्रा सुखद रहनेछ। आजको शुभ रङ हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक

नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। अनावश्यक वादविवादले परिवारमा असन्तुष्टि बढाउन सक्छ, त्यसैले संयम अपनाउनुहोला। थोरै संघर्षबाट पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रङ गुलाबी हो भने शुभ अंक १ रहेको छ।

धनु

सुखसुविधामा धन खर्च हुने योग छ। कठिन समयमा मित्रलाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्नेछ। सम्पत्तिसम्बन्धी विषयमा विवाद उत्पन्न हुन सक्छ। न्यायिक मामिलामा सफलता प्राप्त हुने सम्भावना छ। आजको शुभ रङ बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मकर

नयाँ कार्य प्रारम्भ गर्नुअघि घरपरिवारका सदस्यसँग सल्लाह लिनुहोला। सवारीसाधनमा आकस्मिक खर्च हुन सक्छ। आध्यात्मिक ज्ञान र रुचिमा वृद्धि हुनेछ। आजको शुभ रङ सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

छिटो सफलता प्राप्त गर्ने लोभमा कानुनविपरीत कार्य नगर्नुहोला। कामको सुरुवातमा आत्मविश्वास कायम राख्नुहोस्। विगतमा गरेका कार्यबाट लाभ प्राप्त हुन सक्छ। आजको शुभ रङ नीलो हो भने शुभ अंक ६ रहेको छ।

मीन

लेखन तथा सामाजिक सञ्जालसम्बन्धी कार्यबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। नोकरी वा पेसामा प्रभाव र प्रतिष्ठा बढ्ने सम्भावना छ। आजको शुभ रङ हल्का नीलो हो भने शुभ अंक ८ रहेको छ।

Facebook Comments Box
TOP
15 Shares