
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा स्थानीयमाथि कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
मंगलबार बिहान करिब ४ बजे मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि निर्घात कुटपिट गरेपछि घटना भएको हो ।
प्रहरीका अनुसार मनोज सुनार, दीपक सुनार र दिनेश सुनारलगायतको समूहले थापामाथि कुटपिट गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमान्डमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ८ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २३ वर्षीय मनोज सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ढुंगामुढाका क्रममा प्रहरी नायब निरीक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन् । घाइते प्रहरीहरूको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
-
प्रहरी नेतृत्वमा सरकारको मनपरी कि कानुनी शासनको परीक्षा ? भरोसा सम्मानित अदालत सर्वोच्चमा
-
सर्वोच्चको म्यादसमेत नबुझ्ने आईजीपी केसी, कानुनी शासनमाथि नै चुनौती !
-
वरिष्ठता, कार्यसम्पादन र व्यावसायिक क्षमताको परीक्षा; आफ्नाभन्दा योग्यलाई प्राथमिकता दिने आईजीपी केसीको तयारी
-
आज मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
वडा प्रहरी कार्यालय श्रिपुरको ईन्सपेक्टर मगरको घुमुवा रुपेश यादवको आर्थिक आतंक;मुद्दामा असई कुशवाहाको बिगबिगी
१६ घण्टा अगाडि
2.0kViews 30 Shares Share on Facebook Share on Twitter मधेस प्रदेस । पर्साको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिनुपर्ने नेपाल…





