वडा प्रहरी कार्यालय श्रिपुरको ईन्सपेक्टर मगरको घुमुवा रुपेश यादवको आर्थिक आतंक;मुद्दामा असई कुशवाहाको बिगबिगी 

मधेस प्रदेस । पर्साको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिनुपर्ने नेपाल प्रहरीकै ईन्सपेकटर माथि तस्करी संरक्षण, गैरकानुनी रकम असुली तथा अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।

वडा प्रहरी कार्यालय श्रिपुरका प्रमुख एवम प्रहरी निरीक्षक नवीन थापा मंगरले प्रहरी जवान रुपेश यादवलाई घुमुवा परिचालन गरि  तस्करी तथा अनैतिक कारोवार तथा होटलमा भईरहेको यौन धन्दा चलाउन होटलहरुबाट रकम असुली गरि  संरक्षण दिदै आएको आरोप लाग्न थालेका छन्।वडा प्रहरी कार्यालय श्रीपुरको ‘घुमुवा’का रूपमा कार्यरत प्रहरी जवान रुपेश यादवले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै सीमावर्ती क्षेत्रमा सक्रिय तस्करहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्।

स्थानीय स्रोतहरूको दाबीअनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्नुको सट्टा दासले तस्करहरूबाट नियमित रूपमा रकम असुली गर्ने तथा उनीहरूको गतिविधिलाई संरक्षण प्रदान गर्ने काम गर्दै आएका छन्। यस विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नवीन थापामगरको समेत संरक्षण रहेको आरोप लगाइएको छ।

प्रहरी संगठनभित्रै हुने भनिएको यस्तो गतिविधिले प्रहरी प्रशासनको विश्वसनीयता र छविमाथि गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ। कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि नै गैरकानुनी आर्थिक गतिविधिमा संलग्न रहेको आरोप लाग्नु चिन्ताजनक विषय भएको उनीहरू बताउँछन्।

त्यसैगरी मुद्दा शाखामा  बिगत दुई  बर्षदेखि प्रहरी निरीक्षक (असई) रुपेश कुशवाहाले अड्डा जमाएर बसेका छन्। प्रहरी निरीक्षक थापा मगरको विश्वासपात्र रहेका असई कुशवाहाले मुद्दा कमजोर बनाउने, समय भन्दा पहिला फाईल बुझाउने र सामान्य झै-झग्डामा मानिसलाई ल्याएर थुनुवामा  राखि बार्गेनिङ गरि रकम लिएर छोड्ने गरेको आरोप लागेको छ।असई कुशवाहाले ४/५ जना बिचौलिया मार्फत रकम असुल्ने गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक पवन भट्ररईको व्यक्तिगत इमानदार छविलाई मातहतका कर्मचारीको गतिविधिले ओझेलमा पार्न नदिन पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको…

TOP
15 Shares