
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ अनुमति जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन बानियाँलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।
सीआईबीका एक अधिकृतका अनुसार बानियाँविरुद्ध गत साता नै पक्राउ अनुमति लिइएको हो। बैंकबाट लिएको कर्जा निर्धारित प्रयोजनभन्दा अन्यत्र प्रयोग गरी दुरुपयोग गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
यसअघि फरक मुद्दामा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न पनि सीआईबीले अदालतबाट अनुमति लिएको थियो।
२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको बताइएको छ। गत कात्तिक १६ गते उनका छोरा दिक्षान्त बानियाँलाई सीआईबीले पक्राउ गरेको थियो। छोरामाथि अनुसन्धान भइरहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा इन्द्र बानियाँको समेत संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
प्रहरीका अनुसार प्रभु बैंकबाट बानियाँ परिवारसँग सम्बन्धित विभिन्न कम्पनीका नाममा लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग भएको आशंका गरिएको छ। बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा उक्त ऋण निकासा भएको थियो।
सीआईबीको प्रारम्भिक अनुसन्धानमा ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसअनुसार प्रयोग नगरी अन्य बैंक खातामा रकम राख्ने तथा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको उल्लेख छ।
सीआईबीका एक अधिकृतका अनुसार, ‘जुन प्रयोजनका लागि ऋण लिइएको थियो, त्यसअनुसार प्रयोग नभएर अन्यत्र लगानी गरी अपचलन गरेको देखिन्छ।’
बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका इन्द्र बानियाँमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ। उक्त ऐनले कर्जाको दुरुपयोग तथा स्वीकृत प्रयोजनविपरीत रकम प्रयोग गर्न निषेध गरेको छ।
प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ अनुमति जारी हुनुलाई यस प्रकरणको थप अनुसन्धानसँग जोडेर हेरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
-
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
१ दिन अगाडि
800Views 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी वरिष्ठ…





