
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने

काठमाडौं ।नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भोलि (सोमबार) निर्णय गर्ने भएको छ।
कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिसकेको छ। साथै, कार्कीले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई मङ्सिर ७ गते उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कार्कीलाई आईजीपी पदबाट हटाउने निर्णय गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो।
सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा तत्काल अन्तरिम आदेश जारी नभएपछि नवनियुक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीले आफ्नो जिम्मेवारी निर्वाध रूपमा सम्हाल्ने बाटो खुलेको छ। तर, भोलि हुने छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रहरी नेतृत्वको विवादले नयाँ कानुनी मोड लिन सक्नेछ।
कार्कीले रिटको अन्तिम टुंगो नलागेसम्म आफूलाई पदबाट हटाउने कात्तिक १८ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न र आफूलाई नै प्रहरी महानिरीक्षकका रूपमा कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।
त्यस्तै, मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायतका सरकारका सम्पूर्ण निर्णय बदर गर्न र आफ्नो रिटलाई अग्राधिकार दिनसमेत कार्कीले माग गरेका छन्।
सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपी पदबाट हटाएपछि उनले उक्त निर्णय गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिट कात्तिक २० गते दर्ता भएको थियो।
अब सर्वोच्च अदालतमा सोमबार हुने सुनुवाइलाई प्रहरी संगठनभित्रको नेतृत्व विवाद र सरकारको निर्णयको कानुनी वैधताका दृष्टिले चासोका साथ हेरिएको छ। दुवै पक्षको बहस सुनेपछि अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
-
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)…





