दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि आज मङ्सिर ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

अब सर्वोच्च अदालतमा हुने दुवै पक्षको सुनुवाइपछि नवनियुक्त आईजीपी मनोज केसीको नियुक्ति तथा कामकाज रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा टुङ्गो लाग्नेछ। अदालतको आदेशले कार्कीको पुनर्बहालीसम्बन्धी कानुनी प्रक्रियालाई समेत थप स्पष्ट पार्नेछ।

Facebook Comments Box
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
१ दिन अगाडि

1.5kViews 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट…

TOP
15 Shares