
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू

काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी तथा पदाधिकारीले अब अवकाशलगत्तै कानून व्यवसाय (वकालत) गर्न नपाउने भएका छन्। नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएको दुई वर्ष पूरा भएपछि मात्रै वकालत गर्न पाउने व्यवस्था लागू गरेको छ।
सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै कानून व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने तथा पेशागत निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू गरेको हो।
परिषद्ले आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। मंगलबार सूचना जारी गर्दै परिषद्ले संशोधित व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ।
नयाँ व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा स्थायी नियुक्ति भई कार्यरत निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनको काममा संलग्न व्यक्तिले सेवा छाडेको दुई वर्षपछि मात्रै कानून व्यवसाय गर्न पाउनेछन्।
त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनामा कार्यरत कर्मचारीका हकमा पनि यो व्यवस्था लागू हुनेछ।
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट पारिश्रमिक लिने सामुदायिक विद्यालयका स्थायी शिक्षक र अन्य कर्मचारीले समेत अवकाशपछि दुई वर्षको अवधि पूरा नगरी कानून व्यवसायमा प्रवेश गर्न पाउने छैनन्।
परिषद्का अनुसार सरकारी सेवामा रहँदै कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गरिसकेका व्यक्तिले पनि अवकाशलगत्तै त्यसको नवीकरण गर्न पाउने छैनन्। उनीहरूले सेवा छाडेको दुई वर्ष पूरा भएपछि मात्रै प्रमाणपत्र नवीकरणका लागि निवेदन दिन सक्नेछन्।
यस व्यवस्थाले सरकारी सेवामा रहँदा प्राप्त गरेको पद, पहुँच र प्रभावलाई अवकाशपछि तत्काल कानून व्यवसायमा प्रयोग हुन सक्ने अवस्थालाई नियन्त्रण गर्ने तथा कानून व्यवसायको पेशागत निष्पक्षता र विश्वसनीयता कायम राख्ने उदेश्य रहेको बताइएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter चेतनारायण बेल्बासे ललितपुर । गोदावरी नगरपालिका–१४, ठैबस्थित माखबुँमा स्थानीयवासीको सामूहिक प्रयास,…





