क्रिस्टियानो रोनाल्डो अब फिल्म निर्माता, आफ्नै अभिनयमा नयाँ टिभी ड्रामा ल्याउँदै

काठमाडौं । २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल जीवनसँगै मनोरञ्जन क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्ने भएका छन्। उनी अब फिल्म तथा टेलिभिजन निर्माताका रूपमा सक्रिय हुने भएका हुन्।

बेलायती सञ्चारमाध्यमका अनुसार रोनाल्डो ‘The First’ नामक नयाँ टेलिभिजन ड्रामा सिरिजका निर्माता रहनेछन्। बेलायती फुटबलसँग सम्बन्धित कथामा आधारित यस सिरिजमा रोनाल्डो स्वयंले अभिनय गर्नेछन्। फ्रान्सका पूर्वकप्तान थिएरी हेनरी पनि यस परियोजनामा अभिनय गर्ने बताइएको छ।

हाल साउदी प्रो–लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले यो आफ्नो करिअरको नयाँ अध्याय भएको बताएका छन्।

“मेरो खेल जीवनपछि नयाँ यात्रा सुरु भएको छ। म निकै उत्साहित छु,” रोनाल्डोले बताएका छन्।

यो सिरिज युआर मार्भ स्टुडियोज (UR•Marv Studios) ले निर्माण गर्नेछ। रोनाल्डोले यसै वर्ष चर्चित बेलायती फिल्म निर्देशक म्याथ्यु भनसँग मिलेर उक्त स्टुडियो स्थापना गरेका थिए।

निर्देशक भनका अनुसार सिरिजले बेलायती फुटबलका रोचक कथा र त्यससँग जोडिएका चुनौतीलाई नयाँ शैलीमा प्रस्तुत गर्नेछ। यसको छायांकन उत्तर–पश्चिम लन्डनस्थित बार्नेट एफसीको मैदानबाट सुरु भइसकेको छ।

टेलिभिजन क्षेत्रमा प्रवेशसँगै रोनाल्डोले फुटबलबाहिर पनि आफ्नो व्यावसायिक विस्तारलाई निरन्तरता दिएका छन्। विश्वभर एक अर्बभन्दा बढी सामाजिक सञ्जाल फलोअर्स रहेका उनी यसअघि विज्ञापन अभियान, डकुमेन्ट्री तथा आफ्नै CR7 ब्रान्डमार्फत पनि अन्तर्राष्ट्रिय मनोरञ्जन उद्योगमा सक्रिय रहँदै आएका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
255 Shares