धार्मिक तनावपछि सुनसरीमा सुरक्षा नेतृत्व फेरबदल, सीडीओदेखि डीआईजी र एसपीसम्मको जिम्मेवारी हेरफेर

काठमाडौं । सुनसरीको कप्तानगञ्ज क्षेत्रमा धार्मिक सद्भाव खल्बलिने घटनापछि गृह मन्त्रालयले सुरक्षा संयन्त्रमा व्यापक फेरबदल गरेको छ। जिल्लाको शान्ति–सुरक्षा प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ)देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसम्मको जिम्मेवारी परिवर्तन गरिएको हो।

गृह मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ। उहाँको स्थानमा हालै डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमै कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

सशस्त्र प्रहरी बलतर्फ पनि कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ।

प्रशासनिक नेतृत्वमा समेत परिवर्तन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ। उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिइएको छ।

कप्तानगञ्जमा उत्पन्न धार्मिक तनावपछि शान्ति–सुरक्षा सुदृढ पार्ने उद्देश्यले गृह मन्त्रालयले एकैपटक सुरक्षा तथा प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको हो।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
172 Shares