आज साउन १२ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक सामाग्री प्रति आकर्षण बढ्नेछ ।

वृष- काम वा व्यवसायमा केही अवरोध देखिएपनि तनाव लिनुभन्दा कामको गुणस्तर सुधारमा ध्यान दिनु उपयुक्त हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुहोस्, विशेष गरी लो ब्लडप्रेसरको समस्या भएमा मन केही अस्थिर रहन सक्छ, तर अनुशासन र संयम अपनाए सफलता प्राप्त हुनेछ ।

मिथुन- मन रमाइलो र उत्साहतर्फ आकर्षित हुनेछ । अविवाहितका लागि नयाँ सम्बन्धको सम्भावना देखिन्छ । कार्यालयमा नयाँ जिम्मेवारी आउन सक्छ भने परिवार र जीवन साथीलाई पनि समय दिनुपर्ने अवस्था रहनेछ । घुमफिर तथा प्रेम सम्बन्धका लागि दिन अनुकूल छ ।

कर्कट- भोग विलासका सामाग्री प्रति आकर्षण बढ्नेछ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना भएपनि कार्य क्षेत्रमा केही चुनौती सामना गर्नुपर्ने हुन सक्छ । दैनिक काम सहज रूपमा सम्पन्न हुनेछन् । अनावश्यक विवाद र झगडाबाट टाढा रहनु लाभदायक हुनेछ ।

सिंह- बौद्धिक क्षमता र सिर्जनात्मक सोचमा वृद्धि हुनेछ । अध्ययन, अनुसन्धान, प्रतियोगिता वा परीक्षामा सफलता मिल्ने संकेत छ । नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ । जुनियर सहकर्मी वा सन्तानबाट पनि सहयोग र लाभ मिल्न सक्छ ।

कन्या- कार्य क्षेत्र र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने दिन छ । वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित काममा प्रगतिको सम्भावना देखिन्छ । गोपनीय विषयमा सावधानी अपनाउनुहोस् । अनावश्यक चर्चा वा आलोचनाबाट टाढा रहनु उचित हुनेछ ।

तुला- साझेदार र सहकर्मीको सहयोग लाभदायी हुनेछ । सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । मान्यजनसँगको सम्बन्ध सुदृढ बन्नेछ । दाजुभाइ वा आफन्तसँगको सम्बन्ध पनि प्रगाढ हुनेछ । अध्ययन वा काममा आवश्यक परे सहकर्मीको सहयोग लिन नहिच्किचाउनुहोस् ।

वृश्चिक- नियमित काम सहज रूपमा सम्पन्न हुनेछन् । आयका नयाँ स्रोत फेला पर्ने सम्भावना छ भने बचत गर्न पनि सकिनेछ । प्रेम सम्बन्धमा सामान्य विषयलाई विवादको रूप नदिनु राम्रो हुनेछ । मधुर बोली र व्यवहारले आफ्नो पक्षमा परिणाम ल्याउन सक्नुहुन्छ ।

धनु- जीवन साथी वा प्रेमीसँगको सम्बन्ध थप सुमधुर बन्नेछ । सामाजिक, राजनीतिक वा प्रशासनिक गतिविधिमा सक्रियता बढ्नेछ । कार्य क्षेत्रमा केही व्यस्तता रहेपनि घर परिवारमा खुसीको वातावरण रहनेछ । नयाँ रणनीति अपनाए आर्थिक पक्षमा सुधार आउन सक्छ ।

मकर- आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोस् । साझेदारीमा कुनै आर्थिक निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ। मन अस्थिर भए केही समय विश्राम गरेर पुनस् काममा केन्द्रित हुनु राम्रो हुनेछ ।

कुम्भ- व्यक्तिगत प्रतिष्ठा बढ्ने दिन छ । परिवारको उन्नतिका लागि नयाँ योजना सुरु हुन सक्छ । विदेश अध्ययन वा दीर्घकालीन योजनामा सफलता पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ । नयाँ योजना बनाउन र आवश्यक व्यक्तिसँग छलफल गर्न उपयुक्त समय हो ।

मीन- मनोरञ्जनभन्दा काममा बढी व्यस्त रहने दिन छ । बौद्धिक तथा आध्यात्मिक गतिविधि प्रति आकर्षण बढ्नेछ । लेखन, परामर्श, कम्प्युटर, शेयर बजार, कानुनी सेवा वा सञ्चारसम्बन्धी क्षेत्रमा कार्यरत व्यक्तिका लागि दिन लाभदायक रहनेछ । आधुनिक प्रविधिसँग सम्बन्धित काममा पनि सकारात्मक परिणाम प्राप्त हुने संकेत छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
382 Shares