

‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो जनकपुरको मुहार, सडक झिलिमिली

जनकपुरधाम । केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलिमिली उज्यालो भएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियान अन्तर्गत मुख्य सडक तथा गल्लीका खम्बामा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगर क्षेत्र उज्यालो बनेको हो।
जनकपुरधाम–४ का स्थानीय रोशन कर्णले पहिले साँझपछि सडकमा हिँडडुल गर्न समस्या हुने गरेको बताए। अहिले रातिको समयमा पनि सडक उज्यालो भएकाले आफूहरू सुरक्षित महसुस गरिरहेको उनले बताए।
सोही वडाका सहदेव साहका अनुसार पहिले अधिकांश खम्बामा बत्ती थिएनन् भने भएका बत्ती पनि धेरैजसो नबल्ने अवस्थामा थिए। अहिले सडक उज्यालो भएपछि जुनसुकै समयमा निर्धक्क भएर आवतजावत गर्न सकिने भएको उनको भनाइ छ।
उनले अँध्यारोका कारण हुने चोरी, लुटपाटजस्ता घटनामा समेत कमी आएको दाबी गर्दै सडकबत्ती जडानपछि नगरको सौन्दर्यसमेत बढेको बताए।
उपमहानगरपालिकाका अनुसार ‘उज्यालो जनकपुरधाम’ अभियान अन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानको कामलाई तीव्रता दिइएको छ।
नगर प्रमुख मनोज साहले रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा हाइमास्ट र सेन्सरयुक्त बत्ती जडान गरिएको जानकारी दिए। बाँकी क्षेत्रमा पनि सडकबत्ती विस्तारको काम जारी रहेको उनले बताए।
विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम पछिल्लो समय पूर्वाधार विकास, सरसफाइ तथा सडक प्रकाश व्यवस्थापनसँगै आकर्षक बन्दै गएको स्थानीयले बताएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





