वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैज्ञानिक सेवा शुल्क तत्काल निर्धारण गर्न तथा ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दै सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ।

संघले शुक्रबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई १५ बुँदे मागपत्र बुझाउँदै तोकिएको समयभित्र माग सम्बोधन नभए वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया प्रभावित हुने चेतावनी दिएको हो।

संघका अध्यक्ष डिकबहादुर खत्रीले उचित सेवा शुल्कबिना व्यवसाय सञ्चालन गर्न नसकिने बताउँदै वैदेशिक रोजगार व्यवसायीलाई ‘ठग’ का रूपमा चित्रण गरिएको गुनासो गरे। उनले श्रमिकले तिर्नुपर्ने लागत पारदर्शी बनाउन सरकारसँग माग गरेका छन्।

संघले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको आरोपमा ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता गर्न पनि माग गरेको छ। व्यवसायीका अनुसार उक्त कारबाहीले व्यवसायीमा अन्योल, असुरक्षा र नकारात्मक प्रभाव सिर्जना गरेको छ।

यता श्रममन्त्री रामजी यादवले वैज्ञानिक सेवा शुल्क निर्धारणका लागि गठित कार्यदलको म्याद १५ दिन थप गरिएको जानकारी दिएका छन्। उनले सरकारले ‘फ्री भिसा, फ्री टिकट’ नीतिको प्रभावकारिता र व्यवहारिक पक्षको पुनरावलोकन गर्दै तथ्यमा आधारित वैज्ञानिक सेवा शुल्क निर्धारण गर्ने प्रक्रिया अघि बढाएको बताए।

मन्त्री यादवका अनुसार भर्ती प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउन वैदेशिक रोजगार ऐन संशोधनको कामसमेत अघि बढाइएको छ।

Facebook Comments Box
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
११ घण्टा अगाडि

1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…

TOP
323 Shares