

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी, सञ्चारकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले मेट्रो ट्राफिक एफएमले विगत १४ वर्षदेखि ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा नागरिकमा ट्राफिक सचेतना अभिवृद्धिमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनहितमुखी तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।
वार्षिकोत्सवका अवसरमा एफएमले स्थापना कालदेखि सञ्चालन गर्दै आएका ट्राफिक सचेतनामूलक कार्यक्रम, सार्वजनिक हितका सन्देश तथा सडक सुरक्षासम्बन्धी गतिविधिको समीक्षा गरेको थियो। साथै, विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ।
मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले ट्राफिक सूचना, सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सार्वजनिक हितका सन्देश नियमित रूपमा प्रसारण गर्दै आएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





