कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ स्थित पोखरी क्षेत्रमा स्थानीयले तामाको जस्तो देखिने पुरानो करवा फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोलीले उक्त करवा सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ल्याएको थियो।

जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि, कपिलवस्तु संग्रहालय तिलौराकोटका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा करवा खोली जाँच गर्दा भित्र २,३१४ थान तामाको जस्तो देखिने पुरातात्त्विक सिक्का फेला परेको प्रहरीले जनाएको छ।

बरामद करवा तथा सिक्काहरू संरक्षण, अध्ययन र थप अनुसन्धानका लागि कपिलवस्तु संग्रहालय, तिलौराकोटलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
487 Shares