

वैदेशिक रोजगार ठगीको उजुरी अब घरबाटै अनलाइनमार्फत दर्ता गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगीमा परेका श्रमिकले अब विभाग धाउनुपर्ने झन्झटबाट राहत पाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याएसँगै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत दर्ता गर्न सकिने भएको हो।
साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको यस प्रणालीमार्फत पीडितले आवश्यक कागजात र प्रमाण संलग्न गरी उजुरी दर्ता गर्न सक्नेछन्। उजुरी दर्तापछि सम्बन्धित व्यक्तिको मोबाइल र इमेलमा सूचना पठाइनेछ भने प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरेर जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र कारबाहीको प्रगति अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले प्रणालीले ठगीमा परेका श्रमिकलाई सहज रूपमा न्याय प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताएका छन्। विभागका अनुसार प्रणाली सञ्चालनमा आएको चार दिनमै १४ वटा उजुरी दर्ता भइसकेका छन्। नयाँ व्यवस्थाले काठमाडौं आएर उजुरी दिनुपर्ने, अतिरिक्त खर्च व्यहोर्नुपर्ने र समय खेर जाने समस्या कम हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





