ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम (१५६औँ समूह) सफलतापूर्वक सम्पन्न भएको छ।
मंगलबार आयोजित विशेष समारोहमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा तालिमको औपचारिक समापन गरिएको हो।
समारोहमा एसएसपी काफ्लेले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र व्यावसायिक दक्षतालाई कार्यक्षेत्रमा इमान्दारी, अनुशासन र जिम्मेवारीका साथ प्रयोग गर्न निर्देशन दिनुभयो।
उहाँले ट्राफिक प्रहरीको सानो त्रुटिले पनि सडक दुर्घटना, सवारी जाम तथा नागरिकको सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने उल्लेख गर्दै सुरक्षित, व्यवस्थित र अनुशासित ट्राफिक व्यवस्थापनमार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई आगामी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै सुरक्षित सडक संस्कृतिको विकासमा योगदान पुर्‍याउन आग्रह गरिएको थियो।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
196 Shares