आज शुक्रबार: वैभवलक्ष्मी, सन्तोषी माता र अन्नपूर्णेश्वरीको विशेष पूजा, यी कार्यलाई मानिन्छ शुभ

काठमाडौं । सनातन हिन्दू धर्ममा शुक्रबारलाई सुख, समृद्धि, ऐश्वर्य र सन्तोषकी देवीहरूको आराधनाका लागि विशेष दिन मानिन्छ। यस दिन भक्तजनले शुक्र ग्रह, वैभवलक्ष्मी, सन्तोषी माता, अन्नपूर्णेश्वरी माता तथा दुर्गा भवानीको श्रद्धापूर्वक पूजा–आराधना गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार शुक्रबार विशेषगरी वैभवलक्ष्मी र सन्तोषी माताको व्रत बस्ने गरिन्छ। सन्तोषी माताको व्रतले सुख–शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास छ। व्रत बस्नेहरूले अमिलो खाने वा छुने कार्य नगर्नुपर्ने धार्मिक मान्यता रहेको छ, जसलाई व्रतको प्रमुख नियम मानिन्छ।

यस दिन व्रत बस्नेहरूले चना र सख्खर (गुड) फलाहारका रूपमा सेवन गर्नु शुभ मानिन्छ। त्यस्तै सेतो रंगको कपडा लगाउनु पनि शुभ फलदायी हुने विश्वास छ।

धार्मिक विश्वासअनुसार शुक्रबार घरमा खीर बनाएर गरिब तथा अनाथलाई बाँड्दा घरको अन्न–धनको भण्डार कहिल्यै खाली नहुने र आर्थिक समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ।

ज्योतिषशास्त्रअनुसार शुक्र ग्रहको दोष वा पीडाबाट मुक्ति पाउन सेतो रङको घोडा, सुगन्धित वस्तु, चन्दन, कपुर, चिनी तथा रेशमी कपडा दान गर्नु शुभ मानिन्छ।

धर्मग्रन्थहरूका अनुसार शुक्रबारको दिन श्रद्धा र विधिपूर्वक पूजा–आराधना तथा दान–पुण्य गर्दा सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याण प्राप्त हुने विश्वास गरिन्छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
३ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
119 Shares