

ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत लिइने जरिवाना बढाउने तयारी भइरहेका बेला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सवारी चालकहरूलाई नियम पालना गरेर कारबाहीबाटै बच्न आग्रह गरेका छन् ।
मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै आईजीपी कार्कीले ट्राफिक कारबाही र जरिवाना बढाउनु भन्दा पनि नागरिकमा अनुशासन र जिम्मेवारीबोध विकास हुनु आवश्यक रहेको बताए ।
“जरिवाना काट्नै नपरोस्, जरिवानाको टिकट लेख्नै नपरोस् भन्ने लाग्छ,” आईजीपी कार्कीले भने, “तर मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने जस्ता गम्भीर लापरबाहीमा कारबाही गर्नुपर्ने बाध्यता हुन्छ ।”
बारम्बार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकप्रति चिन्ता व्यक्त गर्दै उनले पाँचौँ पटकसम्म कारबाहीमा परेका सवारी चालकलाई व्यवहार सुधार गर्न आग्रह गरे । “त्यस्ता चालकलाई सद्बुद्धि पलाओस् भन्ने शुभकामना दिन चाहन्छु,” उनले भने ।
आईजीपी कार्कीले कानुन कार्यान्वयन मात्रले सुरक्षित समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै प्रभावकारी जनचेतना, नागरिक सहभागिता र जिम्मेवार व्यवहार आवश्यक रहेको बताए । उनले ट्राफिक शिक्षा विद्यालय तहदेखि नै अनिवार्य रूपमा समेट्नुपर्ने धारणा राखे ।
“स्कुल तहदेखि नै ट्राफिक शिक्षा भइदिए हुन्थ्यो,” उनले भने, “शिक्षित र उच्च शिक्षा हासिल गरेका व्यक्तिले समेत ट्राफिक नियम उल्लङ्घन गरेको प्रहरीले भेट्टाउन नपरोस् ।”
अभिभावकको व्यवहारले बालबालिकामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले घरबाटै अनुशासन र नियम पालनाको संस्कार विकास गर्नुपर्नेमा आईजीपी कार्कीले जोड दिए । “हामीले नियम उल्लङ्घन गर्यौँ भने बालबालिकाले पनि त्यही सिक्छन् कि भन्ने चिन्ता हो,” उनले भने ।
उनले असल व्यवहार र जिम्मेवारीबोध घर तथा कार्यस्थलबाट सुरु हुने उल्लेख गरे ।
२०६९ सालमा स्थापना भएको मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले स्थापनाको १४ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको वार्षिकोत्सव समारोह भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित प्रहरीका उच्च अधिकारीहरू, महानायक राजेश हमाल, हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा ट्राफिक सचेतना अभिवृद्धिमा एफएमले पुर्याएको योगदानको समेत चर्चा गरिएको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
-
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि
1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…





