

साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता

काठमाडौं । साउदी अरबमा सम्बन्ध विच्छेद (तलाक) को दर चिन्ताजनक रूपमा बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ।
सन् २०२५ मा देशभर ५७ हजार ५९५ वटा तलाक दर्ता भएका छन्। यो औसतमा हरेक दिन १५७ वटा तथा करिब हरेक ९ मिनेटमा एक तलाक हुने बराबर रहेको जनाइएको छ।
सार्वजनिक तथ्यांकअनुसार उक्त वर्ष दर्ता भएका कुल विवाहमध्ये १२.६ प्रतिशत विवाह सम्बन्ध विच्छेदमा टुंगिएका छन्। तीमध्ये ६५ प्रतिशतभन्दा बढी तलाक विवाह भएको पहिलो वर्षभित्रै भएको तथ्यांकले देखाएको छ।
क्षेत्रगत रूपमा अल-बाहा क्षेत्रमा सबैभन्दा उच्च ३६ प्रतिशत तलाक दर रहेको छ। त्यसपछि रियादमा २१.७ प्रतिशत र हाइल क्षेत्रमा १९.२ प्रतिशत तलाक दर रहेको उल्लेख गरिएको छ।
वैवाहिक सम्बन्धलाई दीर्घकालीन बनाउन विवाहपूर्व परामर्श, आपसी संवाद, पारिवारिक सहयोग र समझदारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन्। उनीहरूका अनुसार वैवाहिक जीवनमा आउने चुनौतीलाई समयमै सम्बोधन गर्न सके सम्बन्ध विच्छेदका घटनामा कमी ल्याउन सकिनेछ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





