
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष :एकाग्रता, लगनशीलता र मेहनतका साथ अघि बढ्नुहोस्, सफलता हात पर्नेछ। व्यापार–व्यवसायमा मनग्य लाभ प्राप्त हुने योग छ। कार्यक्षेत्रमा कामलाई टार्नेभन्दा समयमै पूरा गर्ने सोच राख्नु लाभदायी हुनेछ। नयाँ अवसरलाई सदुपयोग गर्न सके प्रगतिको बाटो खुल्नेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक २ रहेको छ।
वृष :पूरा गर्न नसक्ने वाचा नगर्नुहोस्। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा विचार नमिल्दा सामान्य मतभेद हुन सक्छ, त्यसैले संयमित व्यवहार आवश्यक छ। पारिवारिक वातावरणमा सुधार आउँदा मनमा शान्ति मिल्नेछ। आजको शुभ रंग हल्का पहेँलो र शुभ अंक ७ रहेको छ।
मिथुन : आज आफूलाई ऊर्जावान र उत्साहित महसुस गर्नुहुनेछ। उच्च पदस्थ तथा अधिकारी वर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। नयाँ कार्य प्रारम्भ गर्ने अवसर मिल्न सक्छ। विद्यार्थीहरूका लागि उच्च शिक्षासम्बन्धी नयाँ अवसरको ढोका खुल्नेछ। आजको शुभ रंग सेतो र शुभ अंक ३ रहेको छ।
कर्कट : आर्थिक अभावका कारण सोचेका केही काम पूरा गर्न कठिनाइ हुन सक्छ। यद्यपि आर्थिक तथा व्यावसायिक क्षेत्रमा क्रमशः सुधार आउनेछ। अरूलाई सहयोग गर्ने भावना जागृत हुनेछ। धैर्य र सकारात्मक सोचका साथ अघि बढ्दा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो र शुभ अंक ५ रहेको छ।
सिंह : धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नुका साथै प्रगतिको अवसर मिल्नेछ। कानुनविपरीत कुनै पनि कार्य नगर्नुहोस्। प्रतिष्ठा बढाउने महत्वपूर्ण कामको जिम्मेवारी प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने आपसी समझदारी अझ बलियो बन्नेछ। आजको शुभ रंग हरियो र शुभ अंक ६ रहेको छ।
कन्या :कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहन सक्ने भएकाले आफ्नो कामप्रति सजग रहनुहोस्। यात्राका क्रममा सामान तथा महत्वपूर्ण कागजातको जिम्मेवारी स्वयं लिनु उचित हुनेछ। व्यापार–व्यवसायमा सफलता प्राप्त हुने सम्भावना छ। मेहनत र सावधानीले अपेक्षित परिणाम दिलाउनेछ। आजको शुभ रंग गाढा निलो र शुभ अंक ४ रहेको छ।
तुला :व्यापार–व्यवसायमा सन्तानबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर र बलियो रहनेछन्। प्रेम सम्बन्धमा हुनुहुन्छ भने विवाहसम्बन्धी कुरालाई अगाडि बढाउन अनुकूल समय रहन सक्छ। आर्थिक पक्ष सबल रहनेछ र आम्दानीका नयाँ सम्भावना देखिनेछन्। आजको शुभ रंग रातो र शुभ अंक ८ रहेको छ।
वृश्चिक :कार्यक्षेत्रमा वरिष्ठ तथा अनुभवी व्यक्तिहरूको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि, पशुपालन वा त्यससँग सम्बन्धित कामबाट लाभ आर्जन गर्न सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त भए आत्मविश्वासका साथ अघि बढ्नुहोस्। आजको शुभ रंग गाढा पहेँलो र शुभ अंक ९ रहेको छ।
धनु : कार्यक्षेत्रमा अपेक्षाअनुसार काम सम्पन्न हुन नसक्दा नयाँ विकल्प खोज्ने परिस्थिति आउन सक्छ। घरपरिवारमा भाइबहिनीबाट साथ र सहयोग मिल्नेछ। छोटो तथा पायक पर्ने स्थानको यात्राको योग रहेको छ। नयाँ योजनातर्फ अघि बढ्दा विगतका अनुभवलाई उपयोग गर्नु लाभदायी हुनेछ। आजको शुभ रंग निलो र शुभ अंक ६ रहेको छ।
मकर : आफन्तजनसँग रमाइलो तथा मनोरञ्जनपूर्ण समय बित्नेछ। घरको साजसज्जा तथा सजावटमा धन खर्च हुन सक्छ। आध्यात्म र विज्ञान दुवैप्रति रुचि बढ्नेछ। आत्मविश्वास र दृढताका साथ अघि बढ्दा आँटेका काम पूरा गर्न सकिनेछ। आजको शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ।
कुम्भ :आफन्तजनसँग भेटघाट र रमाइलो समय बित्नेछ। विगतमा गरेको कामको प्रशंसा तथा उचित मूल्यांकन हुनेछ। दाम्पत्य जीवनमा प्रेम, विश्वास र समझदारी कायम रहनेछ। माताको स्वास्थ्यलाई लिएर सामान्य चिन्ता रहन सक्छ, त्यसैले उहाँको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो र शुभ अंक १ रहेको छ।
मीन : धर्मकर्म तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्ति र बौद्धिक क्षमतामा वृद्धि हुनेछ। लामो समयदेखि रहेका कानुनी तथा विवादित विषयहरू समाधानतर्फ अघि बढ्न सक्छन्। स्वास्थ्य अवस्था सामान्यतः सबल रहनेछ। सकारात्मक सोच र आत्मविश्वासका साथ अघि बढ्दा दिन सुखद रहनेछ। आजको शुभ रंग सुन्तला र शुभ अंक ५ रहेको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





