भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।

घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकाको संरक्षण, शिक्षा तथा आधारभूत आवश्यकतामा उक्त रकम खर्च गर्ने जनाएको छ। यससम्बन्धी कार्यका लागि फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारीपत्र (एमओयू) समेत गरेको छ।

समझदारीअनुसार बाढी प्रभावित बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। बालबालिकाको अवस्था र आवश्यकताका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा तथा स्वास्थ्य उपचारलगायतका सेवामा सहयोग गरिने फाउन्डेसनले जनाएको छ।

डा. घलेले सामाजिक सञ्जालमार्फत विपद्को कठिन अवस्थामा रहेका बालबालिकालाई तत्काल राहतसँगै उनीहरूको भविष्य निर्माणमा समेत सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि प्रभावित बालबालिकाका लागि दीर्घकालीन रूपमा सहयोग जारी राख्ने बताएका छन्।

फाउन्डेसनले बाढीबाट प्रभावित बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै उनीहरूको शिक्षामा निरन्तरता, आधारभूत आवश्यकताको परिपूर्ति र भविष्य सुनिश्चित गर्ने उद्देश्यले दीर्घकालीन सहयोग कार्यक्रम अघि बढाउने जनाएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
30 Shares