
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्मका अधिकृतहरूको सरुवाको गृहकार्य अघि बढाए पनि तत्काल निर्णय हुन नसक्दा सरुवा प्रक्रिया केही समय लम्बिने देखिएको छ।
प्रधान कार्यालयले विभिन्न तहका अधिकृतहरूको कार्यसम्पादन, कार्यअवधि र आवश्यकताका आधारमा सरुवाको प्रारम्भिक खाका तयार पारेको भए पनि गृह मन्त्रालयबाट अन्तिम स्वीकृति नआएकाले प्रक्रिया अघि बढ्न नसकेको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तीन प्रदेशका डीआईजी हेरफेरको प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार लुम्बिनी प्रदेशमा अबि नारायण काफ्ले, बागमती प्रदेशमा सुदर्शन कोइराला र कर्णाली प्रदेशमा विश्व अधिकारीलाई जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।
तर लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई कार्यकाल पूरा नहुँदै हटाउने विषयमा गृह मन्त्रालय सकारात्मक नरहेको स्रोतको दाबी छ। यही विषयलाई लिएर प्रस्तावित सरुवा तत्काल अघि बढ्न नसकेको बताइएको छ। यद्यपि यी नाम र प्रस्तावमा अन्तिम निर्णय भने भइसकेको छैन।
यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकाल पूरा भएसँगै उक्त कार्यालयको नेतृत्वका लागि प्रहरीभित्र दौडधुप सुरु भएको छ। उक्त जिम्मेवारीका लागि एसएसपीहरू शान्तिराज कोइराला, ऋषिराम कँडेल, होविन्द्र बोगटी र महेन्द्र खड्कासहितका अधिकारीहरूको नाम चर्चामा रहेको स्रोत बताउँछ।
एसएसपी बोगटीले पनि टेकुको जिम्मेवारीका लागि गृह मन्त्रालयमा पहल गरिरहेको स्रोतको दाबी छ। बोगटी यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए। उनको विगतको कार्यसम्पादन र विवादसँग सम्बन्धित विभिन्न विषय विगतमा सञ्चारमाध्यममा सार्वजनिक भएका थिए। ती विषयमा सम्बन्धित निकायबाट भएको निर्णय वा छानबिनको अवस्थालाई समेत आधार बनाएर मात्र निष्कर्ष निकाल्नुपर्ने देखिन्छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखका लागि एसपी बालनरसिंह राणाको नाम चर्चामा रहेको छ। स्रोतका अनुसार उनी उक्त जिम्मेवारीका लागि इच्छुक छन्। राणा यसअघि कैलालीमा कार्यरत रहँदा कमजोर कमाण्डिङको कारण मुख्यालय तानिएको दाबीसमेत स्रोतले गरेको छ।
प्रहरी प्रधान कार्यालयले बर्दियाका लागि एसपी शालिग्राम शर्मा र दाङका लागि एसपी नवरत्न पौडेलको नाम प्रस्ताव गरेको स्रोतको भनाइ छ। तर दाङमा हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एसपी नरेश सुवेदीलाई जिम्मेवारी दिने सम्भावनासमेत रहेको बताइएको छ।
मोरङ प्रहरी प्रमुखका लागि एसपी केशव भट्टराई र दिलीप गिरीको नाम चर्चामा रहेको छ। त्यस्तै मकवानपुरका एसपी श्याम खत्री फिर्ता भएमा उनको स्थानमा कुमोद ढुङ्गेललाई पठाउने सम्भावना रहेको स्रोत बताउँछ।
कैलालीमा यादव ढकाललाई पठाउने तयारी रहेको तथा कास्की प्रहरी प्रमुखका रूपमा प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रबन्ध निर्देशनालयमा कार्यरत एसपी निर्मल बुढाथोकीलाई जिम्मेवारी दिने तयारी रहेको स्रोतको दाबी छ।
यससँगै प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षकहरूको सरुवाको सूचीसमेत तयार पारिरहेको बताइएको छ। नेपाल प्रहरीले पछिल्ला महिनाहरूमा विभिन्न तहका प्रहरी अधिकृतको सरुवा तथा पदस्थापन नियमित रूपमा गर्दै आएको छ।
तर यसपटक भने गृह मन्त्रालयबाट अन्तिम निर्णयका लागि समय लाग्दा सरुवा प्रक्रिया केही ढिलो हुने देखिएको छ। गृहमन्त्री सुधन गुरुङको व्यस्तताका कारण प्रस्तावित सूचीमा तत्काल निर्णय हुन नसकेको स्रोतको भनाइ छ।
प्रहरी प्रधान कार्यालयले तयार पारेको सूचीमा गृह मन्त्रालयको सहमति र आवश्यक निर्णयपछि मात्रै अन्तिम रूप आउनेछ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





