
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट

पोखरा । प्रहरी प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा सर्वोत्कृष्ट हुन सफल भएको छ। प्रदेश प्रहरी कार्यालय पोखराको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले सम्हाल्दै आएका छन्।
एसएसपी अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, अनुसन्धान प्रक्रियामा सुधार, शान्ति सुरक्षा व्यवस्थापन तथा मातहतका प्रहरी इकाइहरूको प्रभावकारी अनुगमन र निरीक्षणलाई प्राथमिकतामा राख्दै आएको छ।
कार्यालयले प्रहरी सेवाको गुणस्तर अभिवृद्धिसँगै मातहतका इकाइहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा निर्देशन दिने गरेको छ। प्रहरी कर्मचारीको मनोबल र उत्प्रेरणा अभिवृद्धिका लागि विभिन्न आन्तरिक गतिविधि तथा कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।
कार्यसम्पादन मूल्यांकनमा कार्यालयले हासिल गरेको उत्कृष्ट नतिजालाई नेतृत्वको प्रभावकारी कार्यशैली, संगठनात्मक समन्वय र मातहतका प्रहरी इकाइहरूको सक्रियतासँग जोडेर हेरिएको छ।
एसएसपी श्यामकृष्ण अधिकारीले अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा तथा प्रहरी सेवाको प्रभावकारिता बढाउने विषयमा विशेष ध्यान दिँदै आएका छन्। उनको नेतृत्वमा कार्यालयले व्यावसायिक प्रहरी सेवाको विकास र संगठनको गरिमा अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।
कार्यसम्पादन मूल्यांकनमा प्रदेश प्रहरी कार्यालय पोखराले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएपछि प्रहरी संगठनभित्र पनि यसलाई कार्यालयको प्रभावकारी कार्यसम्पादनका रूपमा लिइएको छ।
समाज
थप सामाग्री-
मदन भण्डारी र जनता आवास कार्यक्रममा ‘नांगो भ्रष्टाचार’, अख्तियार मौन
-
एसएसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालय पोखरा कार्यसम्पादनमा सर्वोत्कृष्ट
-
आज असोज ५ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
भासियो बेंसीसहर–चामे सडक, यातायात सञ्चालनमा कठिनाइ
-
आगामी साता नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु
६ घण्टा अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter गोरखा । मनास्लु हिमालमा हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ।…





