

प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण

कैलाली । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश, धनगढी र नेपाल एसबीआई बैंकको सहयोगमा कैलालीको धनगढी–१३ स्थित दृष्टि फाउन्डेसन नेपालमा खाद्यान्न सामग्री तथा लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका सचिव (कार्यक्रम) सङ्गीता लम्साल, कोषाध्यक्ष राधिका ज्ञवाली, प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारी, नेपाल एसबीआई बैंक अत्तरियाका शाखा प्रमुख ताराप्रसाद बिनाडी, दृष्टि फाउन्डेसन नेपालका अध्यक्ष कल्पना भट्ट, प्रहरी अधिकृत तथा कर्मचारीहरू र फाउन्डेसनमा आश्रित व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सहकार्यको महत्वमाथि जोड दिँदै नेपाल प्रहरी श्रीमती संघले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, महिला तथा बालकल्याण, विपद् राहत तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रममार्फत समाजप्रति आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आएको बताउनुभयो।
उहाँले यस्ता सहयोगमूलक कार्यक्रमले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै आवश्यकतामा रहेका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





