

चुच्चे नक्सा र आकाश भैरवको चित्रसहित नयाँ १ रुपैयाँको सिक्का ल्याउने तयारी
काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको नयाँ १ रुपैयाँको सिक्काको डिजाइन तयार गरेको छ। अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरिएको उक्त डिजाइन अब मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि छपाइ प्रक्रिया अघि बढाइनेछ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्बिर समावेश गरिएको डिजाइन पेश गरे पनि मन्त्रिपरिषद्ले परिमार्जनका लागि फिर्ता पठाएको थियो। त्यसपछि चुच्चे नक्सा र आकाश भैरवको चित्र राखेर नयाँ डिजाइन तयार गरिएको हो।
सिक्का उत्पादनको लागत यसको अंकित मूल्यभन्दा बढी हुन थालेपछि हाल प्रयोग भइरहेको मिश्रित धातुको सट्टा अब स्टिल प्रयोग गरिने तयारी गरिएको छ। लागत र भार कम गर्न नयाँ सिक्काको तौल र आकार पनि हालको भन्दा केही घटाइने जनाइएको छ।
नयाँ सिक्कामा रहने ६४ वटा थोप्लाले ६४ योगिनीको प्रतीक जनाउनेछन् भने आकाश भैरवको चित्रले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई झल्काउने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१४ घण्टा अगाडि
1.6kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





