

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्ड बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीको आइतबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
कोशी प्रदेशमा इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। यस्तै, भोजपुर र खोटाङ हुँदै जाने मध्यपहाडी लोकमार्गमा पहिरो र बाढीका कारण सवारी साधन एकतर्फी सञ्चालन भइरहेका छन्।
बागमती प्रदेशमा जोखिम बढेपछि केही राजमार्गमा समय निर्धारण गरेर मात्र सवारी सञ्चालन गर्न थालिएको छ। काभ्रेको बि.पी. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने मौसम र सडकको अवस्थाको मूल्याङ्कनपछि मात्र सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन्।
गण्डकी प्रदेशमा मुस्ताङको जोमसोम–कोरला सडक बाढीका कारण पूर्ण रूपमा ठप्प भएको छ भने बागलुङस्थित कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिंगे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) बाढीका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा पहिरो पन्छाउने, सडक खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने प्रयास तीव्र रूपमा जारी छ। यद्यपि वर्षा निरन्तर भइरहेकाले थप पहिरो र बाढीको जोखिम कायम रहेको छ।
नेपाल प्रहरीले अत्यावश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइनमार्फत सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
१२ घण्टा अगाडि
1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





