

हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये बाजुराकी शैलेश्वरी बोहरा उत्कृष्ट घोषित
धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा असार महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरका हिमाली जिल्लामा कार्यरत डीएसपीहरूमध्ये उत्कृष्ट घोषित भएकी छन्।
प्रहरी प्रधान कार्यालयले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा व्यावसायिक, अनुशासित, पारदर्शी र परिणाममुखी नेतृत्वका आधारमा डीएसपी बोहरालाई उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा छनोट गरिएको हो।
मूल्यांकनअनुसार उनले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुका साथै जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापन, कानुन कार्यान्वयन तथा स्थानीय तह र सरोकारवाला निकायसँग उत्कृष्ट समन्वय कायम गर्दै उल्लेखनीय कार्यसम्पादन गरेकी छन्।
भौगोलिक रूपमा दुर्गम र चुनौतीपूर्ण बाजुरा जिल्लामा डीएसपी बोहराले घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण तथा अवैध गाँजा फडानीजस्ता सामाजिक विकृतिविरुद्ध प्रहरी परिचालनलाई तीव्र बनाउँदै समुदायमैत्री प्रहरी सेवालाई प्रभावकारी रूपमा अघि बढाएकी थिइन्।
यस्तै, हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनामा उनी स्वयं घटनास्थलमा पुगेर अनुसन्धान, सुरक्षा व्यवस्थापन र अवस्था नियन्त्रणको नेतृत्व गरेकी थिइन्। उक्त घटनाको संयमित र प्रभावकारी व्यवस्थापनले उनको नेतृत्व क्षमता थप उजागर गरेको प्रहरी स्रोतको भनाइ छ।
डीएसपी बोहराले असार महिनाको कार्यसम्पादन मूल्यांकनमा हिमाली जिल्लामध्ये उत्कृष्ट नतिजा हासिल गरेपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सम्मानित गरेको जानकारी दिइन्।
प्रहरी संगठनले मासिक कार्यसम्पादन मूल्यांकनलाई उत्कृष्ट सेवा, प्रभावकारी नेतृत्व, सुशासन र नागरिकमुखी प्रहरी सेवाको प्रवर्द्धन गर्ने महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ। डीएसपी बोहराको यो उपलब्धिले दुर्गम क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनुका साथै नागरिकको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सरकारको सोच र जनअपेक्षाअनुसार प्रहरी सेवा परिस्कृत भएको छ : एसएसपी दिलिप घिमिरे
-
हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये बाजुराकी शैलेश्वरी बोहरा उत्कृष्ट घोषित
-
हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा आरम्भ, चार महिनासम्म चल्ने चतुर्मासा सुरु
-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि
3.5kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…





