

सरकारको सोच र जनअपेक्षाअनुसार प्रहरी सेवा परिस्कृत भएको छ : एसएसपी दिलिप घिमिरे
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक तथा सामाजिक परिवेशअनुसार प्रहरी सेवामा सुधार र परिस्करण भइरहेको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी घिमिरेले सरकारको सोच र आमनागरिकको अपेक्षालाई केन्द्रमा राखेर प्रहरी संगठनले आफ्नो कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाएको बताए।
उनले प्रहरीको प्राथमिकता नागरिकलाई कुनै झन्झट, भनसुन वा आर्थिक चलखेलबिना सहज रूपमा सेवा उपलब्ध गराउनु रहेको स्पष्ट पारे।
“जेन–जी आन्दोलनपछिको समयमा सरकारको स्प्रिट र नागरिकको जुन अपेक्षा छ, त्यसलाई पूरा गर्ने हिसाबले हामीले केही परिवर्तन र सुधार गर्नुपर्छ भन्ने मेरो लक्ष्य थियो,” उनले भने, “प्रहरीलाई वास्तविक अर्थमा प्रहरीजस्तै बनाउँदै नागरिकले खोजेको सुशासन सुनिश्चित गर्न प्रत्येक प्रहरी कर्मचारीभित्रैदेखि सकारात्मक परिवर्तन आवश्यक छ।”
एसएसपी घिमिरेका अनुसार प्रहरी सेवामा सुधार केवल नीति वा निर्देशनबाट सम्भव नहुने भएकाले प्रत्येक प्रहरी कर्मचारीको व्यवहार, कार्यशैली र सेवाप्रतिको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने आवश्यकता छ। नागरिकले कुनै प्रकारको सिफारिस, भनसुन वा अतिरिक्त आर्थिक भारबिना सहज रूपमा सेवा पाउनुपर्नेमा उनले जोड दिए।
उनले जेन–जी आन्दोलनपछि नेपाल प्रहरीप्रति नागरिकको विश्वास, माया र सद्भाव अझ बढेको उल्लेख गर्दै प्रहरी–नागरिक सम्बन्ध थप सुदृढ बन्दै गएको बताए। यही विश्वासलाई कायम राख्दै अझ उत्तरदायी, व्यावसायिक र जनमुखी प्रहरी सेवा प्रदान गर्न संगठन प्रतिबद्ध रहेको उनको भनाइ थियो।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सरकारको सोच र जनअपेक्षाअनुसार प्रहरी सेवा परिस्कृत भएको छ : एसएसपी दिलिप घिमिरे
-
हिमाली जिल्लामा कार्यरत डीएसपीमध्ये बाजुराकी शैलेश्वरी बोहरा उत्कृष्ट घोषित
-
हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा आरम्भ, चार महिनासम्म चल्ने चतुर्मासा सुरु
-
ट्राफिक जरिवाना होइन, अनुशासन चाहिन्छ : आईजीपी कार्की
-
त्रिभुवन विमानस्थलभित्रको कथित ‘सेटिङ’ : सुशासनमाथि गम्भीर प्रश्न, सरकार कहिलेसम्म मौन?
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि
3.4kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…





