

देशभर मनसुन सक्रिय, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षाको अवस्था बनेको हो। अहिले कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, तराईका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।
महाशाखाले आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
भारी वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बग्ने तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
११ घण्टा अगाडि
1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





