स्थानीय बजारमा सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला रु १ हजारले घटेर रु २ लाख ८३ हजार २०० कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला रु १० ले बढेर रु ४ हजार ३२० पुगेको छ। मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र चाँदी रु ४ हजार ३१० मा कारोबार भएको थियो।

गत सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५०० तथा चाँदी रु ४ हजार ४४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन तथा चाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार २९ अमेरिकी डलर तथा एक औँस चाँदी ५७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
474 Shares