

बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडक खण्ड अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले देशभरका सडक अवस्थाबारे जानकारी दिँदै केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको र केही सडक एकतर्फी सञ्चालनमा रहेको जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथ साउन १२ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
यस्तै, दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड बाढीका कारण अवरुद्ध भएका छन्। दोलखामा भने वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशअन्तर्गत इलामको मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बागमती प्रदेशका काभ्रे र मकवानपुरमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले काभ्रेको बीपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र मकवानपुरको कान्तिलोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने जनाएको छ।
गण्डकी प्रदेशमा बाग्लुङको कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने गोरखाको आरुघाट–गोरखा सडक खण्ड भने पूर्ण रूपमा सुचारु रहेको छ।
कर्णाली प्रदेशमा पनि वर्षा र बाढीको प्रभाव देखिएको छ। रुकुम पश्चिमको भेरी करिडोर र जाजरकोट–डोल्पा सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षा, बाढी र पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा स्थानीय निकायसँग सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमयुक्त सडक क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





