आज साउन १४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल

मेष- परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ भने परीक्षा दिएका विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्न सक्छन् । स्वदेशमा गरिएको लगानीबाट लाभ मिल्ने सम्भावना छ । तर, विदेश यात्रा वा वैदेशिक कार्यमा भने सतर्क रहनु उपयुक्त हुनेछ ।

वृष- सामाजिक क्षेत्रमा प्रतिष्ठा र सफलता प्राप्त हुनेछ । सेवा तथा जिम्मेवारीका अवसर मिल्न सक्छन् । परिवारमा प्रेम र सद्भाव बढ्नेछ । विदेश प्रति आकर्षण बढ्ने देखिन्छ । साथी भाइको साथ र सहयोगले काममा सकारात्मक परिणाम ल्याउनेछ ।

मिथुन- मन केही चञ्चल रहन सक्छ । साथीभाइसँग बोल्दा संयम अपनाउनु राम्रो हुनेछ । कुनै पनि ठूलो निर्णय वा कामको सुरुवात परिवारसँग सल्लाह गरेर गर्दा सफलता मिल्नेछ । प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ ।

कर्कट- व्यापारमा अपेक्षित लाभ नहुँदा केही घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । परिवारभित्र सामान्य विवाद हुने सम्भावना छ । पुरानो लगानीबाट उत्साहजनक प्रतिफल प्राप्त भएपनि आज नयाँ लगानी नगर्नु नै उचित हुनेछ । पारिवारिक साथ भने प्राप्त हुनेछ ।

सिंह- सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । मन अशान्त रहन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । धैर्य र संयमका साथ अघि बढ्दा सफलता मिल्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने वैदेशिक लगानीमा भने सावधानी अपनाउनु आवश्यक छ ।

कन्या- दिन समग्रमा अनुकूल रहनेछ । आफ्नो बुद्धिमत्ता र रणनीतिका कारण सफलता प्राप्त हुनेछ । शिक्षामा उल्लेखनीय उपलब्धि हासिल गर्ने योग छ । व्यापार तथा लगानीबाट लाभ मिल्नेछ । निरन्तरको प्रयासले आम्दानीमा वृद्धि हुने सम्भावना छ ।

तुला- आज ठूलो लगानी नगर्नु नै उपयुक्त हुनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट भने लाभ मिल्ने सम्भावना छ । निजी काममै दिन व्यस्त रहनेछ । परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा अनावश्यक संलग्नता नबढाउनु राम्रो हुनेछ ।

वृश्चिक- पुरानो स्वास्थ्य समस्या पुनस् बल्झिन सक्ने भएकाले सचेत रहनुहोस् । धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ । लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ ।

धनु- लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनेछन् । अध्ययनमा सफलता मिल्नेछ । व्यापारमा गरिएको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ । परिवारमा आपसी सहकार्य र समझदारी बढ्नेछ । समाजसेवामा सक्रिय हुने अवसर प्राप्त हुनेछ ।

मकर- आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहेकाले विशेष अवसर प्राप्त हुने सम्भावना छ । आकर्षक उपहार प्राप्त हुन सक्छ । इमान्दारिता र मेहनतले आत्मविश्वास बढाउनेछ । अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । प्रेम सम्बन्ध तथा पारिवारिक जीवन सुखद रहनेछ ।

कुम्भ- स्वास्थ्य तथा मनोरञ्जनमा खर्च बढ्न सक्छ । काममा केही अवरोध आउन सक्नेछ भने साथीभाइबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ । विद्यार्थीहरूले अध्ययनमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

मीन- आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । परिवार तथा प्रेम सम्बन्ध सुखद रहनेछ । रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने योग रहेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares