

सुनसरी घटनाप्रति जनरक्षाको पत्रकारहरूलाई हार्दिक अपिल : “समाचारले समाजलाई सचेत बनाओस्, विभाजित होइन”

काठमाडौं । सुनसरीको पछिल्लो संवेदनशील घटनाको सन्दर्भमा जनरक्षाले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित पत्रकारिता गर्न हार्दिक अपिल गरेको छ।
जनरक्षाले जारी गरेको अपिलमा समाचारले समाजलाई सत्यतर्फ डोर्याउने, शान्ति र सामाजिक सद्भावलाई सुदृढ बनाउने माध्यम हुनुपर्ने उल्लेख गर्दै कुनै पनि समाचारले समाजलाई विभाजन गर्ने वा उत्तेजना फैलाउने माध्यम बन्न नहुनेमा जोड दिएको छ।
अपिलमा संवेदनशील घटनाको समाचार संकलन, सम्पादन र सम्प्रेषणका क्रममा पत्रकारिताको आचारसंहिता, तथ्यपरकता, निष्पक्षता, सन्तुलन र संयमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ। अपुष्ट सूचना, उत्तेजना फैलाउने सामग्री तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने विषयवस्तुको प्रसारण वा प्रकाशन गर्दा विशेष सतर्कता अपनाउनुपर्ने जनरक्षाको भनाइ छ।
त्यसैगरी, समाचार संकलनका क्रममा पत्रकारहरूले आफ्नै व्यक्तिगत सुरक्षा सुनिश्चित गर्दै व्यावसायिक मर्यादा कायम राख्नुपर्नेमा पनि अपिलले जोड दिएको छ। सत्य, शान्ति र सामाजिक एकताको प्रवर्द्धन गर्ने पत्रकारिताले मात्र लोकतान्त्रिक समाजलाई बलियो बनाउने विश्वास जनरक्षाले व्यक्त गरेको छ।
जनरक्षाले सञ्चारमाध्यम र पत्रकारहरूलाई सत्यमा आधारित, जिम्मेवार तथा मर्यादित पत्रकारितामार्फत सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





