आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल

मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी बढ्ने सम्भावना छ भने जागिरमा जिम्मेवारी थपिन सक्छ । परिवारसँग रमाइलो समय बित्नेछ । अनावश्यक खर्चमा भने नियन्त्रण गर्नु उचित हुनेछ ।

वृष- आर्थिक पक्ष बलियो रहनेछ । रोकिएका काम पूरा हुनेछन् । आफन्तसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सकारात्मक संकेत देखिन्छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनुहोस् ।

मिथुन- कार्य क्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ । धैर्यका साथ अघि बढे सफलता मिल्नेछ । विद्यार्थीका लागि अध्ययनमा प्रगति हुने दिन छ । प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ ।

कर्कट- पारिवारिक सहयोगले आत्मविश्वास बढाउनेछ । व्यापारमा नयाँ अवसर प्राप्त हुन सक्छ । सामाजिक काममा सक्रियता बढ्नेछ । यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनु राम्रो हुनेछ ।

सिंह- लामो समयदेखि रोकिएका योजना अघि बढ्ने सम्भावना छ । आर्थिक लाभका अवसर प्राप्त हुनेछन् । सरकारी काममा सफलता मिल्न सक्छ । साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।

कन्या- नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । व्यवसायमा लगानी गर्दा सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ । स्वास्थ्यमा खानपानमा विशेष ध्यान दिनुहोस् ।

तुला- मेहनतअनुसार प्रतिफल प्राप्त हुनेछ । नयाँ व्यक्तिसँगको चिनजान भविष्यका लागि लाभदायी बन्न सक्छ । दाम्पत्य जीवनमा मधुरता बढ्नेछ । खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोस्।

वृश्चिक- आज आत्मविश्वास उच्च रहनेछ । व्यवसायमा राम्रो आम्दानी हुने संकेत छ । वैदेशिक रोजगारी वा अध्ययनको प्रयासमा सकारात्मक समाचार प्राप्त हुन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ ।

धनु- सामाजिक प्रतिष्ठा बढ्ने दिन छ । नयाँ योजना कार्यान्वयन गर्ने अवसर मिल्नेछ । आफन्तसँगको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ । स्वास्थ्य सामान्य रहनेछ।

मकर- कार्य क्षेत्रमा प्रशंसा प्राप्त हुने सम्भावना छ । आर्थिक अवस्था सुधार हुँदै जानेछ । घर परिवारमा शुभ समाचार सुन्न पाइनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्।

कुम्भ- व्यवसायमा नयाँ सम्झौता हुन सक्छ । मित्रहरूको सहयोगले चुनौतीपूर्ण काम पनि सहज बन्नेछ । प्रेम सम्बन्धमा खुसीको वातावरण रहनेछ । अनावश्यक तनाव लिनु उपयुक्त हुँदैन ।

मीन- आज दिन उत्साहजनक रहनेछ । रोकिएका आर्थिक कारोबार टुंगिन सक्छन् । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । नयाँ अवसरको सदुपयोग गर्न सके भविष्यका लागि राम्रो आधार तयार हुनेछ ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
15 Shares