

ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परी एक जना प्रहरी हवल्दार घाइते भएका छन्। आज बिहान करिब पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले अचानक आक्रमण गरेको हो।
आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएको प्रहरीले जनाएको छ। घाइते बिकको मुख, दुवै हात तथा बायाँ कुममा चोट लागेको छ। उनको हाल किस्ट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–९ का स्थानीयले गहुँबालीमा चितुवा पसेको भन्दै प्रहरीलाई खबर गरेका थिए। सोही सूचनाको आधारमा प्रहरी टोली घटनास्थलतर्फ पुगेको बेला चितुवाले एक्कासी आक्रमण गरेको बताइएको छ।
घाइते हवल्दार बिक प्रहरी प्रभाग लुभु, ललितपुरमा कार्यरत रहेका छन्। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने चितुवाको खोजी तथा नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ।
घाइते प्रहरी हवल्दार हेम बिकको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
समाज
थप सामाग्री-
ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
-
सुन–चाँदी आयातमा भारतको भन्सार शुल्क १५ प्रतिशत पुर्याइयो, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण लक्ष्य
-
प्रहरी नेतृत्वमा सुधार र संस्थागत सुदृढीकरणमा आईजीपी दानबहादुर कार्कीको भूमिका
-
एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
-
डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…



