रानीबारीस्थित आसरा सुधार केन्द्रमा सामूहिक जन्मोत्सव मनाउने अभियानको शुभारम्भ

काठमाडौं । प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यतामा रानीबारीस्थित आसरा सुधार केन्द्र परिसरमा सामूहिक जन्मोत्सव मनाउने कार्यको औपचारिक शुभारम्भ गरिएको छ।
केन्द्रमा कार्यरत कर्मचारी तथा उपचाररत सदस्यहरूको जन्मदिनलाई एकै दिन सामूहिक रूपमा मनाउने उद्देश्यसहित प्रत्येक महिनामा नियमित रूपमा आयोजना गरिने यस कार्यक्रमको सुरुआत राष्ट्रिय गानबाट गरिएको थियो। कार्यक्रममा अध्यक्ष कार्कीले जन्मदिन परेका उपचाररत सदस्यहरू तथा कर्मचारीहरूलाई डायरी र कलम वितरण गर्दै प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
उहाँले सामूहिक जन्मोत्सवले उपचाररत सदस्यहरूमा आत्मविश्वास, सकारात्मक सोच र आपसी आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै सुधार र पुनःस्थापनाको यात्रामा यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो।
उक्त कार्यक्रममा प्रहरी श्रीमती संघका विभिन्न पदमा कार्यरत पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले केन्द्रभित्र सहकार्य, समर्पण र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

Facebook Comments Box
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
१ दिन अगाडि

1.9kViews 347 Shares Share on Facebook Share on Twitter कास्की – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण…

TOP
377 Shares