

सामग्री फिर्ता नगर्ने व्यक्ति पहिचान गरेर कारबाही थालेका छौं : चितवन प्रहरी
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जेनजी आन्दोलनका क्रममा लिएर गएका सामग्री तत्काल फिर्ता ल्याइदिन अनुरोध गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन प्रहरीको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भिडियो सन्देश दिँदै तत्कालै आफूले लगेका सामग्री फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकबाट आन्दोलनका क्रममा केही सामग्री आवेशमा आएर, केही जोगाउने हेतुले लगेको भए पनि आफैले फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।उनले अहिले अनुरोध गर्दा नल्याएर प्रहरीको अनुसन्धानबाट मान्छे पत्ता लागेर पक्राउ गर्नुपर्दा कानून बमोजिम कारबाही हुने भन्दै आफूसँग भएका सामग्रीहरु प्रहरीलाई बुझाउन अनुरोध गरेका हुन् ।
भिडियो सन्देशमार्फत एसपी पुरीले प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरिसकेको अवस्थामा चितवनको तोडफोड तथा लुटपाटसँग सम्बन्धित कुनै भिडियो वा फोटो भएपनि प्रहरीले पठाउन अनुरोध गरेका छन् ।
उनले प्रहरीले प्राप्त भिडियोहरुको सुक्ष्म अनुसन्धान गरिरहेको र पहिचान भएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि जानकारी गराएका छन् । चितवनमा पनि प्रहरीको पोशाक खोसेर आन्दोलनकारीले लगेका थिए । प्रहरीको पोशाक कसैसँग भए तत्काल फिर्ता गर्न पनि उनले अनुरोध गरेका छन् ।
त्यसैगरि प्रहरी जिल्लाका ७५ वटै युनिटमा सेवामा खटिएको र चितवनको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको भन्दैै उनले नागरिकलाई ढुक्कले रहन पनि अनुरोध गरेका छन् । चितवनमा आफ्नो टोलको सुरक्षाको लागि नागरिक गस्ती पनि भइरहेको जानकारीमा रहेको उल्लेख गर्दै उनले नजिकको प्रहरीसँग समन्वय गर्न पनि अनुरोध गरे ।
समाज
थप सामाग्री
पानीमा लैङ्गिक समावेशिता नै विकासको आधार
१ दिन अगाडि
2.2kViews 179 Shares Share on Facebook Share on Twitter ललितपुर – विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी…



