आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित अपराध अनुसन्धान सि.प्र.अ. तालिमका प्रशिक्षार्थीसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा आईजीपी कार्कीले आधुनिक अपराधका स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै अनुसन्धानकर्ताहरूलाई प्रविधिमैत्री, तथ्यमा आधारित र पेशागत रूपमा सक्षम बन्नुपर्ने आवश्यकता औँल्याए। उनले प्रभावकारी अनुसन्धानमार्फत न्याय प्रणालीलाई बलियो बनाउन प्रहरीको भूमिका निर्णायक हुने बताए।

अन्तरक्रियाका क्रममा प्रशिक्षार्थीहरूले तालिमका अनुभव, चुनौती तथा व्यवहारिक पक्षबारे जिज्ञासा राखेका थिए। आईजीपी कार्कीले उनीहरूको जिज्ञासाको उत्तर दिँदै अनुसन्धान कार्यमा अनुशासन, निष्ठा र निष्पक्षता अत्यन्तै महत्वपूर्ण हुने स्पष्ट पारे।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रियाले व्यावसायिक दक्षता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपाल प्रहरीद्वारा सञ्चालित यस प्रकारका तालिमहरूले अपराध अनुसन्धानलाई थप प्रभावकारी, वैज्ञानिक र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
५ घण्टा अगाडि

1.6kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
483 Shares