प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) को प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको नवनिर्मित कार्यालय भवन तथा संरचनाहरू औपचारिक रूपमा पूर्ण निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी र स्थानीय संघसंस्थाहरूको सहयोगमा निर्माण सम्पन्न गरिएको उक्त भवन हस्तान्तरणसँगै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिक–केन्द्रित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरी सेवा नागरिकको पहुँचमैत्री, पारदर्शी र आधुनिक प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिएका थिए । उनले प्रहरी संरचनाको स्तरोन्नति केवल भौतिक विकास मात्र नभई सेवा गुणस्तर सुधारको आधार भएको उल्लेख गरे ।

नवनिर्मित भवनले प्रहरी वृत्त बानेश्वरको कार्यसम्पादन क्षमता वृद्धि गर्नुका साथै शान्ति–सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र नागरिक सेवामा थप सहजता ल्याउने विश्वास लिइएको छ ।

यस प्रकारका पूर्वाधार निर्माण तथा हस्तान्तरण कार्यक्रमहरूले प्रहरी–समुदाय सम्बन्धलाई अझ मजबुत बनाउँदै सुरक्षित र व्यवस्थित समाज निर्माणमा योगदान पुर्‍याउने सरोकारवालाहरूको भनाइ छ ।

Facebook Comments Box
TOP
160 Shares