धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने

धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा भइसकेपछि गरेका ४ सय ४४ जना प्रहरी कर्मचारीको काज सरुवा बदर गरिएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि हालका प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईले उक्त सरुवा कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।

डीआईजी राना प्रदेश प्रहरी प्रमुखबाट सरुवा भइसकेपछि जवानदेखि वरिष्ठ सईसम्मका ४४४ जना प्रहरी कर्मचारीको काज सरुवा गरेका थिए। तर उक्त प्रक्रिया अस्वाभाविक भएको भन्दै प्रश्न उठेपछि प्रधान कार्यालयले तत्काल कार्यान्वयन रोक्न निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले अस्वाभाविक रूपमा काज सरुवा गरिएको पाइएकाले त्यसलाई रोक्न निर्देशन दिइएको बताए। उनका अनुसार उक्त निर्णयको प्रक्रिया र कारणबारे आन्तरिक छानबिनसमेत गरिनेछ।

यसैबीच, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी भट्टराईले २९ जेठपछि गरिएका काज सरुवामा परेका प्रहरी कर्मचारीलाई रमाना नदिन मौखिक निर्देशन दिइसकेको र छिट्टै लिखित सर्कुलर जारी गरिने बताएका छन्।

यसअघि डीआईजी रानामाथि विचौलियामार्फत आर्थिक चलखेल गरी सरुवा गरेको आरोपसमेत लाग्दै आएको थियो। प्रहरीले भने आरोपबारे आन्तरिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
380 Shares