

बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि अवलोकन सेवा पूर्ण रूपमा स्थगित गरिएको हो।
चिडियाखाना प्रमुख सत्यनारायण साहका अनुसार सङ्क्रमण थप फैलिन नदिन तथा मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तत्कालका लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित चिडियाखानाले सार्वजनिक सूचना जारी गर्दै पशुपन्छीहरूको स्वास्थ्य सुरक्षा, नियन्त्रण तथा निगरानीका लागि आवश्यक सतर्कता अपनाइएको जनाएको छ।
“चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा सङ्क्रमण थप फैलन नदिन र मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्कालका लागि अवलोकनलाई पूर्ण रूपमा बन्द गरिएको हो,” प्रमुख साहले बताए।
चिडियाखाना प्रशासनले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाउँदै आवश्यक परीक्षण, उपचार र नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा अघि बढाइएको जनाएको छ। चिडियाखाना पुनः सञ्चालनबारे निर्णय अवस्था मूल्याङ्कनपछि सार्वजनिक गरिने बताइएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
2.9kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



