खनालको कडा आरोप: प्रचण्ड–माधव नेतृत्व असफल, पद छोड्न आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन्।

खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत वर्तमान नेतृत्वप्रति गम्भीर आपत्ति जनाउँदै पार्टीलाई महाधिवेशनसम्म लैजान अब यो नेतृत्व सक्षम नरहेको दाबी गरेका छन्।

उनका अनुसार पार्टी नेतृत्वले एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठनमा असफलता देखाएको छ। अन्तरिम विधानलाई उनले ‘सार–संग्रहवादी खिचडी’ भन्दै आलोचना गरेका छन्।

खनालले पार्टीभित्र वैचारिक दिशाहीनता देखिएको, संगठनात्मक एकीकरण पूरा हुन नसकेको तथा पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शन भएको आरोपसमेत लगाएका छन्।

उनले नेतृत्वमाथि गुटबन्दी, योग्य कार्यकर्तालाई पाखा लगाएको र पार्टी अनुशासन कमजोर बनाएको आरोप पनि लगाएका छन्।

त्यस्तै, माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा र राजनीतिक निर्णयहरूको प्रसंग उठाउँदै खनालले नेतृत्वको नैतिकतामाथि समेत प्रश्न उठाएका छन्।

खनालले अन्ततः वर्तमान संयोजन समितिलाई पुनः संरचना गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव दिँदै प्रचण्ड र माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन्।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
९ घण्टा अगाडि

2.4kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
Shares