

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवसँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा फैलाइएको सूचना भ्रामक रहेको भन्दै उनको संवाद सचिवालयले आधिकारिक स्पष्टिकरण दिएको छ।
बुधबार संवाद सचिवालयका सचिव फणिराज पाठकले विज्ञप्ति जारी गर्दै सचिवालयको नाममा प्रचारित सूचना आधिकारिक नभएको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सव’ सम्बन्धी कार्यक्रमबारे संवाद सचिवालयले सूचना जारी गरेको दाबी गरिएको भए पनि उक्त सूचना पूर्ण रूपमा गलत रहेको उल्लेख गरिएको छ।
सचिव पाठकले संवाद सचिवालयबाट हालसम्म जन्मोत्सवका विषयमा कुनै पनि प्रकारको आधिकारिक सूचना वा विज्ञप्ति जारी नगरिएको स्पष्ट पारेका छन्। उनले सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा फैलाइएका यस्ता भ्रामक सूचनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तित्व तथा संस्थाका नाममा अप्रमाणित सूचना फैलिने क्रम बढिरहेका बेला पूर्वराजा शाहको जन्मोत्सवसँग जोडिएको सूचना पनि त्यस्तै भ्रामक प्रचार भएको संवाद सचिवालयले जनाएको छ।
संवाद सचिवालयले आधिकारिक जानकारीका लागि केवल आफ्नो आधिकारिक माध्यमबाट प्रकाशित सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१० घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



