उपत्यकामा २४ घण्टामा २ हजार ५३५ चालक कारबाहीमा, १९ लाख ७७ हजार राजस्व संकलन

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५३५ जना सवारी चालक सवारी नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १०१ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, संकेत बत्ती उल्लंघन गर्ने १०६ जना र तीव्र गतिमा सवारी चलाउने १३८ जना रहेका छन्।

यस्तै लेन अनुशासन उल्लंघन गर्ने ८१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४१ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११३ जना र अन्य नियम उल्लंघन गर्ने १ हजार ६०९ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

Facebook Comments Box
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
१ दिन अगाडि

1.8kViews 380 Shares Share on Facebook Share on Twitter बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति…

TOP
231 Shares