

दक्षिणी क्यालिफोर्नियामा बी–५२ बमवर्षक विमान दुर्घटना, ८ जनाको मृत्यु
अमेरिका । दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स एयर फोर्स बेसबाट उड्नेबित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये बोइङ कम्पनीका दुई कर्मचारी पनि रहेका छन्।
सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटना भएको हो। दुर्घटनापछि घटनास्थलबाट ठूलो मात्रामा कालो धुवाँको मुस्लो उठेको र टाढासम्म देखिएको बताइएको छ।
कर्नेल जेम्स हेय्सले घटनालाई ‘भयानक त्रासदी’ भन्दै यसमा सेना, सरकारी कर्मचारी तथा ठेकेदारहरू गरी आठ जनाको ज्यान गएको पुष्टि गरेका छन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा कोही पनि जीवित नबचेको बताइएको छ।
दुर्घटना एयर बेसभित्रको रनवे क्षेत्रमा भएको र उडान सुरु भएको केही समयमै विमानमा आगो लागेको जनाइएको छ। बी–५२ विमानले बेसको रडार आधुनिकीकरण कार्यक्रममा सहयोग गरिरहेको थियो।
अधिकारीहरूका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धान पूरा हुन करिब ३० दिन र विस्तृत विश्लेषणका लागि छ महिनाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
बोइङ कम्पनीले आफ्ना दुई कर्मचारी विमानमा सवार रहेको पुष्टि गर्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको जनाएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





